छात्रा बलात्कार प्रयासको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष पक्राउ

Nepal Live

काठमाडौं- आफ्नै स्कुलकी छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा ललितपुरको ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्की पक्राउ परेका छन्। शुक्रबार बेलुका उनलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको हो। 

कक्षा ९ मा अध्ययनरत एक छात्रालाई उनले शुक्रबार बेलुका होस्टेलमा बलात्कार प्रयास गरेको पीडितले बताएकी छन्। कार्कीलाई जर्बजस्ती करणी मुद्दामा कारबाहीको माग गर्दै स्कुलका छात्राहरु शनिबार बिहानै सातदोबाटो वृत्त पुगेका छन्। होस्टेलको छतमा गएका बेला जबर्जस्ती किस खाएको र संवेदनशील अंगहरु छोएको पीडित छात्राको भनाइ छ। कार्कीले भने छात्रा पढाइमा कमजोर भएकाले उनलाई सम्झाउन छतमा गएको दाबी गरेका छन्।  

पीडित पक्षलाई फकाएर कार्कीविरुद्ध जाहेरी नदिन चलखेल भइरहेको स्रोत बताउँछ। उनलाई छुटाउन कांग्रेस नेताहरुको दबाब आएको एक प्रहरीले बताए। अहिले सातदोबाटो वृत्तमा दुई पक्षबीच छलफल भइरहेको छ। 

प्रिन्सिपल कार्की ललितपुर प्याब्सनका अध्यक्षसमेत हुन्।

प्राप्त प्रतिकृयाहरू

Ke Bhanne Sarki Dauba
Congress ke ho bhane ghus, taruni, ra dalaalika group hun. Yesaile yenko sattama hamile ke payun, nothing, kebal Indianko daab daaba mattea.

sagar
Yasta lai th napungsak banaune kanun chahin 6. HeraTeacher badnam gareko.

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार