पोखरा- प्रदेश नं ४ को मन्त्रिपरिषद् बैठकले चार विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।
मन्त्रिपरिषद्का प्रवक्ता रामशरण बस्नेतले शुक्रबारको बैठकले प्रदेश योजना तथा नीति आयोग गठन, वित्तीय समानीकरण, नमूना कर कानून र सार्वजनिक लिखतको प्रमाणीकरण गर्नेसम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए।
बैठकले तीन विधेयक प्रदेशसभामा पेश गर्ने पनि निर्णय गरेको छ। पेश गरिने विधेयकमा स्थानीय तह गाउँपालिका, नगरपालिका र महानगरपालिकाको सेवा सुविधासम्बन्धी, प्रदेशसभा सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र मन्त्रिपरिषद्को तीसबुँदे आचारसंहितासम्बन्धी विधेयक छन्।
प्रस्तावित सेवासुविधासम्बन्धी विधेयक अत्यन्त वैज्ञानिक रुपमा तय गरिएको उनको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।