विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी तराईको चारकोशे झाडीमा रहेका रुख काट्ने कार्य तत्काल रोक्न निर्देशन दिएका छन्।
वैज्ञानिक वन व्यवस्थापनको नाममा अन्धाधुन रुख काट्न थालिएपछि उक्त रोक लगाइएको हो। रुखहरू काट्ने क्रम बढेको पाइएपछि मुख्यमन्त्री राईले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई तत्काल रुख काट्ने काम रोक्न निर्देशन दिए।
चारकोशे झाडीमा रुख कटानको समाचार सार्वजनिक भएपछि मुख्यमन्त्रीको निर्देशनमा तत्काललाई रुख काट्न रोक लगाइएको कार्यालयका प्रमुख सचिव यादव कोइरालाले जानकारी दिए। उनले वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख कटान गर्न नपाइने भन्दै सरोकारवालासँग छलफल गर्न मुख्यमन्त्रीको कार्यालयमा आइतबार बैठक बोलाइएको जानकारी पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।