सिओल– दक्षिण कोरिया र उत्तर कोरियाबीच यही महिना भित्रमा अन्तर कोरियाली सम्मेलनको तयारीका बारेमा उच्चस्तरीय वार्ता हुने भएको छ।
अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका बारेमा यही महिनाको अन्त्यतिर उच्चस्तरीय वार्ता गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख प्रशासक इम जोङ सोकले उच्चस्तरीय वार्ताका लागि मुन सरकारले तयारी गरेको जानकारी दिए।
सम्मेलनको तयारी समितिको पहिलो बैठकपछि इमले उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियालाई औपचारिक रुपमा प्रस्ताव गर्ने निर्णय भएको बताए।
उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरूबीच शिखर बैठक आगामी महिना हुने बताइएको छ।
उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एक जना विशेष दूतले सो शिखर बैठक आगामी महिना हुने बताएका हुन्।
नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमण्डलबीच २ साता अघि मात्रै बैठक भएको थियो।
परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि विषेश दूतले नेता किमसँग कुराकानी गरेको बताइएको छ।
पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुर्याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले आफ्ना विशेष दूतलाई उत्तर कोरिया पठाएका थिए।
भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा छलफल भएको थियो।
यही फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा उत्तरको सहभागिताबाट दुई कोरिया सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महशुस गरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।