वासिङटन डिसी– अमेरिकी सेना बोकेको हेलिकोप्टर शुक्रबार इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनामा परी ७ जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको छ।
‘विमानमा ७ सैनिक थिए, ती सवैको मृत्यु भएको विश्वास गरिएको छ,’ एक अमेरिकी अधिकारीले भने,‘उनीहरु सबै अमेरिकी सेवाका सदस्यहरु रहेका थिए।’
इराकबाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा परेको र अन्य विवरणहरु आउन बाँकी रहेको समाचारमा जनाइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।