बर्लिन– नेदरल्याण्डका प्रधानमन्त्री मार्क रूटले बर्लिन र पेरिसलाई अन्य सदस्य राष्ट्रलाई प्रभावित पार्ने गरी उनीहरूको महत्वाकांक्षी यूरोपेली संघ (इयू) सुधार कार्यक्रमलाई अघि नसार्न आग्रह गरेका छन्।
प्रधानमन्त्री रूटले फ्रान्स र जर्मनले अघि सार्ने भनिएको सुधारको योजना अन्य सदस्य राष्ट्रको हितमा नहुने भन्दै यसलाई मान्न नसकिने बताए।
इयूको समस्या समाधान बृहत एकीकरण नभएको बताउने नेदरल्याण्डका प्रधानमन्त्री रूटले एक जर्मन साप्ताहिकसँग भने, ‘हामी इयू भरी आवतजावतका लागि स्वतन्त्र छौँ र जर्मन अधिकारीले हाम्रो उपस्थितिबिना फ्रान्सेली अधिकारीलाई भेट्न सक्छन्। तर उहाँहरूको निर्णय हामीले मान्न बाध्य हुनुपर्छ भन्ने छैन।’
प्रधानमन्त्री रूटको यो भनाई जर्मन चान्सलर एङ्गेला मर्केल नयाँ कार्यकालका लागि पुन निर्वाचित बनेपछि इयूसँग सम्बन्धित विविध विषयमा छलफल गर्न पेरिस पुगेका समय आएको छ।
नेदरल्याण्ड, स्टिोनिया, फिनल्याण्ड, आएरल्याण्ड, लातभिया, लिथुवानिया, स्वेडेनका अर्थमन्त्रीहरूको एक भेलाले गत हप्ता मात्रै इयूबारे छलफल गरी इयूको ‘संरचनागत सुधार’ गरी यूरोपेली राष्ट्रहरूको समूह तथा इयूलाई आर्थिक रूपमा मजबुत बनाउनुपर्ने सुझाव दिएका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।