राजविराज– लागू औषधसहित धनुषाका एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
भारतीय क्षेत्रबाट लागू औषध बोकेर आउँदै गरेका जनकपुर नगरपालिका १३ का १८ वर्षीय मिथलेश ठाकुरलाई सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ बाट पक्राउ गरिएको हो।
प्रहरीलाई देखेपछि शंकास्पद गतिविधि गर्न थालेपछि उनको झोला चेकजाँच गर्दा, नाइट्राभेट १ सय ५० ट्याबलेट, डाइजाल्याप ५० एम्पुल, फेनारगन ४९ एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ।
ठाकुरलाई लागू औषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।