जुरिच– युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ। युरोपियन फुटबल महासंघले शुक्रबार जारी गरेको ड्र अनुसार अन्तिम आठमा पुगेका २ इंग्लिस क्लब भिड्ने पक्का भएको छ। इंग्लिस प्रिमियर लिगको उपाधि नजिक रहेको म्यानचेस्टर सिटी र लिभरपुलबीच च्याम्पियन्स लिगको अन्तिम आठमा प्रतिस्पर्धा हुने भएको हो। यससँगै इंग्लान्डको एक क्लब मात्र अन्तिम चारमा पुग्नेछ भने एक क्लब बाहिरनेछ।
यता स्पेनिस लिगको उपाधि जित्ने अभियानमा रहेको बार्सिलोना र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुने भएको छ। अर्को खेलमा च्याम्पियन्स लिगको साबिक विजेता स्पेनिस महारथी रियल म्याड्रिड र इटालियन च्याम्पियन युभेन्ट्सबीच प्रतिस्पर्धा हुनेछ। अर्को स्पेनिस क्लब सेभिल्ला र जर्मन च्याम्पियन वार्यन म्युनिखबीच भिडन्त हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।