एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार व्यवसायिक रुपमा सफल अभिनेतका रुपमा दर्शकमाझ परिचित छन् । उनि आफ्नो फिल्मी करियरमा सधैं नाफामानै रहेका हुन्छन्।
अक्षय कुमार अभिनित पछिल्लो फिल्म ‘प्याडम्याडन’ले दर्शक तथा समिक्षकहरुको सकारात्मक प्रतिकृया प्राप्त गरेपनि फिल्मले सय करोडको व्यापार गर्न सकेन । फिल्मले सय करोडको व्यापार गर्न नसके पनि अक्षले भने फिल्मबाट ४० करोड रुपैयाँ कमाएका छन्।
अक्षय पत्नी ट्विकल खन्नाको लगानीमा निमार्ण भएको फिल्म ‘प्याडम्यान’का लागि अक्षयले कुनै पारिश्रमिक त लिएका थिएनन् तर उनले फिल्मको डिजिटल तथा सेटेलाइट प्रतिलिपी अधिकार भने प्राप्त गरेका छन्।
उनले यसको प्रतिलिपी अधिकार बिक्रि गरेवापत ४० करोड प्राप्त गरेका हुन् । भारतमा फिल्मले ८१.१ करोेडको व्यापार गरेको छ। फिल्मको सम्पुर्ण खर्च कटाएर निर्माताले १० देखी १२ करोडको मुनाफा मात्र प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।