काठमाडौं– नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाएपछि पाकिस्तानका पूर्व कप्तान इन्जमाम उल हकले बधाई दिएका छन्। सन् १९९२ को विश्वकप पाकिस्तानलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका इन्जमाम हाल पाकिस्तानी क्रिकेटका प्रमुख चयनकर्ता हुन्।
उनले नेपाली टिमलाई बधाई दिँदै ट्विटरमा लेखेका छन्, ‘एकदिवसीय क्रिकेटको मान्यता पाएकोमा बधाई। गज्जबको यात्रा।'
इन्जमाम पहिलेदेखि नै नेपाली क्रिकेटका प्रशंसक हुन्। उनका भतिजा इमाम उल हकले नेपालविरूद्ध युथ क्रिकेट खेलिसकेका छन्। नेपाललाई दुई पाकिस्तानी क्रिकेटर हारुन रसिद र अफताब बालुचले प्रशिक्षण दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।