काठमाडौं– खगेन्द्र लामिछाने अभिनित फिल्म ‘डमरुको डण्डीबियो’को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको ‘तितेपाती तितेपाती झ्याप झ्याप’ बोलको गीत सार्वजनिक गरिएको हो।
सविन एकतारे, कालिप्रसाद बाँस्कोटा र हर्क साउदको संयुक्त शब्द रहेको गीतमा कालीप्रसादकै स्वर र संगीत छ।
नेपालको पुरानो खेल डण्डीबियोमा आधारित फिल्मको गीतमा खेलको तयारी र समर्पित खेलाडीहरुको अभ्यासलाई प्रस्तुत गरिएको छ। गीतमा खगेन्द्र लामिछानेसँगै अनुप बराल, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, आसान्त शर्माको अभिनय देख्न सकिन्छ।
कार्यक्रममा उपस्थित संगीतकार बाँस्कोटाले भने, ‘गीत कतिको लोकप्रिय हुन्छ त्यो आफ्नै ठाँउमा छ, तर हामीले फिल्मको कथाबस्तुलाई आधार मानेर गीत तयार गरेका छौं।’
छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्म आगामी वैशाख २१ बाट देशभर प्रदर्शनमा आउँदैछ।
यस्तो छ गीत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।