काठमाडौं– भारतीय सेनाले नेपाली सेनालाई ७ वटा घोडाघोडीहरु सहयोग गरेको छ। शुक्रबार भारतीय राजदूत मन्जीव सिंह पु्रीले घोडाघोडीहरु नेपाली सेनालाई ह्स्तान्तरण गरेका छन्।
चितवनको भरतपुरस्थित सैनिक इक्वाइन बृडिङ सेन्टरमा पुरीले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई घोडाघोडी हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा प्रधानसेनापति क्षत्रीले यस प्रकारको सहयोगबाट नेपाली सेना र भारतीय सेनाको परापूर्वकालदेखि रही आएको सुमधुर सम्बन्धलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।