ताप्लेजुङ– शिकार खेल्ने क्रममा आफ्नै दाजुले हानेको गोलीले भाईको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङ बस्ने २२ बर्षीय दिवश आङबोहाङको दाईले मृत्यु भएको हो।
दिवस र उनका २७ बर्षीय दाजु सुवास आङबोहाङ लिम्बु सोही गाउँपालिका–२ स्थित सिमलबोटे जंगलमा शिकार खेल्न गएकोमा सिकार खेल्ने क्रममा सुवासले चलाएको भरुवा बन्दुकको गोली लाग्दा दिवशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर शुक्रबार प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरी सुवास सहित ३ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।