सुर्खेत- कर्णाली प्रदेश क्रिकेट टिम जेसीज कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। दाङमा सञ्चालित प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै कर्णाली प्रदेश क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको हो।
शुक्रबार भएको आफ्नो दोस्रो खेलमा कर्णालीले नेपालगञ्ज क्रिकेट क्लबलाई ५१ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा एक सय ६७ रन बनायो । कर्णालीका लागि सुरज बोहोराले ३४, दिनेश पुनले ३२, सन्दिप शाहीले २३ र निश्चल रावलले १९ रनको योगदान दिए ।
एक सय ६८ रनको लक्ष्य पछ्याएको नेपालगञ्जले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १६ रन मात्र बनाउन सकेपछि नतिजा कर्णालीको पक्षमा गएको हो ।बलिङतर्फ कर्णालीका विजय विष्ट र टेक सलामीले दुई÷दुई विकेट लिए । खेलको म्यान अफ दी म्याच सुरज बोहोरा बने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।