भक्तपुर–भक्तपुरको होटलमा बिहिबार चोरी भएको छ। चोरी गर्ने युवक पक्राउ परिसकेको प्रहरीले जनाएको छ।
मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा रमण हरि भुर्तेलले संचालन गरेको होटलको कोठाबाट काभ्रे मण्डन देउपुर घर भएका बिनोद पराजुलीको सुन, चाँदिका गहना र नगद चोरी भएको हो।
चोरी गरेको आरोपमा काठमाडौं घर बताउने ३० वर्षीय विकाश महर्जनलाई प्रहरीले विहीबार पक्राउ गरेको छ।
उता तार्केश्वर नगरपालिका–११ हिटेडोल बस्ने लक्ष्मी दाहालको घरबाट बिहीबार सुनको विभिन्न गहना र नगद समेत गरी करीब ३ लाख ३३ हजार २ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।