मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदात गर्न सबै रुसी नागरिकलाई आग्रह गरेका छन्।
उनले भने,‘देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक प्रयोग गरी मतदान गर्न आग्रह गर्दछु।’
रुसमा आगामी आइतबार राष्ट्रपतीय निर्वाचन हुँदैछ।
रुसमा आगामी आइतबार हुन लागेको राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन पनि उम्मेदवार छन्। उनीसहित सो निर्वाचनमा अन्य ७ जना उम्मेदवार रहेका छन्।
मतदाताहरुलाई शुक्रबार एक विशेष सम्बोधनका क्रममा उनले भने,‘प्रिय रुसी नागरिकहरु, म रुसको राष्ट्रपतिको हैसियतले यो आग्रह गर्दछु कि तपाइहरु आगामी आइतबार निर्वाचन केन्द्रमा जानुस् र हाम्रो प्यारो देश रुसको भविश्य निर्माणका लागि मतदान गर्नुहोस्।’
उनले समग्र रुसी नागरिकलाई निर्धक्क एवम् सुरक्षित मनले मतदान गर्न पनि आग्रह गरेका थिए।
रुसको संविधानले शक्तिको स्रोत जनतालाई नै मानेको बताउँदै पुटिनले रुस, यहाँका बालबालिका र सबै नागरिकको भविष्य पनि उनीहरुको इच्छाशक्तिमा नै भरपर्ने बताए। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।