काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंकको विशेष साधारणसभा चैत्र २३ गते हुने भएको छ। बैंकको विशेष साधारणसभाको लागि चैत्र ९ गतेदेखि चैत २३ गतेसम्म सेयर धनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ।
बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले चैत २३ गते साई प्यालेस रेस्टुरेन्ट एन्ड बार झापामा विशेष साधारणसभा गर्ने निर्णय गरेको हो। उक्त साधारणसभाले बैंकको कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै अन्य आवश्यक विषयका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।