काठमाडौं- यस साता नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसूचक ४ दशमलव २७ अंकले बढे तापनि कारोबार रकममा भने गिरावट आएको छ।
कारोबार रकम अघिल्लो साताको तुलनामा २७ दशमलव ९२ प्रतिशतले घटेको छ। यस साता १ सय ७४ कम्पनीको एक अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। जबकि अघिल्लो साता एक अर्ब ७९ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरका ४७ लाख ९३ हजार एक सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए।
समूहगत परिसूचकहरुको उतारचढाव
यस सात ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ३२ अंकले बढेर २ सय ७४दशमलव ३८ अंकमा आइपुगेको छ।
त्यस्तै, कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीको ८ करोड २० लाख ६० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।