काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकको १० दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ। बैंकले कर्मचारीलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ तालिम दिएको हो।
नवनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनुभन्दा पहिले सामाजिकीकरण गराउने र बैंक सम्बन्धित काम तथा नीतिनियम बारे जानकारी दिने उदेश्यले तालिम सञ्चालन गरिएको हो। तालिममा ५५ जना कर्मचारी सहभागी थिए।
उक्त तालिममा कम्प्युटर तालिम लगायत क्रेडिट, कस्टमर सर्भिस, टेलर व्यवस्थापन, नक्कली नोट, सिग्नेचर भेरिफिकेसन लगायतका बारेमा तालिम दिइएको बैंकका नायब कार्यकारी अधिकृत दिनेश थकालीले बताए।
१० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंक प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र आफूले सिकेको कुरा प्रयोगमा ल्याउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।