ad

रामशरण महतमाथि बोतल प्रहार, एक जना पक्राउ

Nepal Live

नुवाकोट- पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुर्व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार भएको थियो। सो घटनामा संलग्न दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात् महतलाई पानीले भरिएको बोतल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको प्रहरी प्रमुख कुँवरले बताए।

साँझ ६ बजेतिर भएको घटनामा संलग्न रहेका खड्कालाई प्रहरीले पक्राउ गरी राति नै जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ। उनलाई जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ।रासस
 

सम्बन्धित समाचार

प्राप्त प्रतिकृयाहरू

बाल कृष्ण के .सी .
खड्का जस्ता ब्यक्ती पनि जन्मेका रहेछन

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत