काठमाडौं– गीति एल्बम ‘जय मायाप्रेम’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि एल्बम सार्वजनिक गरिएको हो।
अर्जुन रत्न भिकारीको शब्द, चेतन सापकोटाको संगीत र नारायण धितालको स्वर रहेको एल्बममा ४ वटा गीत समावेश गरिएको छ।
कलाकार नीर शाह, गायक नारायण धिताल र संगीतकार चेतन सापकोटाका गुरु चन्दन श्रेष्ठका हातबाट एल्वम सार्वजनिक गरिएको हो। एल्वममा ‘दाउरा उपहार’, ‘जरुवाको पानी सार्है मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो–चिसो मन्द–मन्द बतास’ बोलका ४ वटा गीत समावेश छन्।
सार्वजनिक कार्यक्रममा गीतको अडियो र भिडियो साम्रग्रीको समेत सार्वजनिक गरिएको थियो। सार्वजनिक गीतहरुको भिडियोमा प्रियंका कार्की, बेनिशा हमाल, सुष्मा अधिकारी तथा सोनु घर्तीको अभिनय देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।