काठमाडौं– फिल्म ‘चौका दाउ’को निमार्ण हुने भएको छ। बिहिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरि पिmल्मको निमार्ण घोषणा गरिएको हो।
निर्देशक पुरेन्दु झाको निर्देशनमा बन्न लागेको फिल्म ‘चौका दाउ’मा मनोज राजभण्डारीको लगानी रहने छ। झाले यसअघि संरक्षण फिल्ममा आफ्नो निर्देशकीय क्षमता देखाएका थिए।
संगीतकार सम्भुजीत बासकोटाका छोरा सौर्य बासकोटाको सौर्य प्रोडक्सन प्रा.लि.को प्रस्तुतीमा बन्न लागेको फिल्ममा कलाकार सन्तोश पन्त, तैयव साह, विल्सन बिक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहने छ। तर फिल्मका मुख्य अभिनेता र अभिनेत्रीको बारेमा भने निमार्ण युनिटले हालसम्म केहि खुलाएको छैन।
गीतकार श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द, संगीतकार सम्भुजीत बासकोटाको कथा तथा उनकै संगीत रहने फिल्मलाई दिर्घ गुरुङको छायांकन रहनेछ। फिल्ममा संगीतकार बासकोटा सहित गायिका सुमन गुरुङ र कोमलराज भण्डारीको स्वर सुन्न सकिने छ। त्यसैगरि फिल्ममा बसन्त श्रेष्ठ र मौसम हिमालको कोरियोग्राफी रहने छ।
कमेडी जनरामा बन्न लागेको फिल्म ‘चोका दाउ’लाई मित्र डि.गुरुङले सम्पादन गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।