हेटौँडा– प्रदेश ३ को चालु आर्थिक वर्षको पहिलो बजेट चैत २० गतेभित्र पेश गरिने भएको छ।
बिहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकले सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ।
बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक र केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक पारित गरेको छ। ती विधेयक संसद सचिवालयमा शुक्रबार दर्ता गरिने प्रवक्ता ढुंगेलले जानकारी दिए।
प्रदेश सरकारले तीन महिनाभित्र २३ कानून निर्माण गरिसक्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ। तीमध्ये प्रदेशसभा नियमावली पारित भइसकेको छ भने २२ कानून निर्माण हुन बाँकी छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।