मस्को– यसै वर्ष रसियामा हुने विश्वकप फुटबल प्रतियोगिताको टिकट विश्व फुटवल महासंघ(फिफा)ले बिक्री खुला गर्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाइटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ।
विश्व फुटबलको नियमक निकाय फिफाले पनि फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई बन्द गर्ने कार्यमा सहमति जनाएको छ।
रसियाका ८ सय ५८ ओटा वेभसाइटहरू बन्द गरिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले बिहीबार संप्रेषण गरेका छन्।
रसियामा आउँदो जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।