इस्तानबुल– टर्कीका सञ्चारकर्मीको एक समूहले जेलमा विगत ५ सय दिनदेखि जेल जीवन बिताइरहेका एक दैनिक पत्रिकाका अध्यक्षलगायत केही सहकर्मीको समर्थनमा बिहीबार प्रदर्शन गरेको छ।
टर्कीको सरकारले गत शुत्रबार कमहुरियत दैनिकका प्रधान सम्पादक मुरत सबुन्सु तथा खोज पत्रकारिता गर्दै आएका अहमेत सिकलाई एक बर्षपछि जेलमुक्त गरेको थियो। तर प्रतिपक्षी दल निकट मानिने दैनिक पत्रिकाका अध्यक्ष अकिन अतालेलाई भने पछिलला ५ सय दिनदेखि जेलमुक्त गरिएको छैन।
कमहुरियत पत्रिकाका १७ जना पत्रकारलाई सन् २०१५ मा भएको असफल राज्य विद्रोहमा सघाएको आरोपमा मुद्दा चलाइराखिएको छ।
वरिष्ठ सञ्चारकर्मी सबुन्सु र सिकलाई पनि जेलबाट रिहा गरिएपनि उनीहाँहरूमाथिको मुद्दा भने यथावत छ।
टर्कीका पत्रिकाले बिहिबारको अङ्कमा अन्यायका ५ सय दिन भन्ने शीर्षकमा सम्पादकीय लेखी सरकारको विरोध गरेका छन्।
अताले लगायतका केही सञ्चारकर्मीविरुद्ध आतङ्कवाद सम्बन्धि अपराध गरेको आरोप छ। यदि मुद्दा खेपिरहेका सञ्चारकर्मीमाथिको आरोप यहाँको अदालतले ठहर गरेमा उनीहरूलाई ४३ बर्षसम्मको जेल सजायँ हुनसक्छ।
इस्तानवुलको मुख्य ‘कागलायन’ अदालतबाहिर हालै रिहा भएका सञ्चारकर्मीसहित उनीहरूको पक्षमा रहेका वकील तथा संचारकर्मीहरूले शान्तिपूर्वक प्रदर्शन गरेका थिए। उनीहरूले पत्रकारिता गर्नु अपराध नभएको जिकिर गर्दै आफ्नो कलम निरन्तर चलाइरहने बताएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।