काठमाडौं– नेपाल फाइनान्स लिमिटेडले आफ्नो विशेष साधारणसभा सम्पन्न गरेको छ। मंगलबार सम्पन्न साधारणसभाले संस्थापकतर्फबाट हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, राजन प्रजापति, दिप्रश शाक्य तथा सर्वसाधारण समूहबाट अनागतरत्न कंसाकारलाई संचालक समितिमा निर्विरोध चयन गरेको छ।
नेपाल फाइनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंकले २०७१ मंसिरमा समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरी २०७३ मंसिरमा व्यवस्थापन नियन्त्रणमा लिएको थियो।
साधारणसभाले नेपाल राष्ट्र बैंकले तोकिएको मापदण्ड पूरा गरी हाल कायम भएको चुक्ता पुँजीमा १ सेयर बराबर १ दशमलब २५ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।