काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने एकदिवसीय मान्यता पाएसँगै नेपाली क्रिकेट टिमले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ।
जिम्बावेमा भइहरेको आइसिसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीमाथि ६ विकेटको सानदार जितसँगै नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको हो। अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हराएपछि नेपाल कान्छो एकदिवसीय मान्यता प्राप्त टिम बनेको हो।
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको २२ वर्षमा नेपाली क्रिकेटले धेरै उतारचढाव बेहोर्यो। सन् २००८ मा डिभिजन–५ मा रहेको नेपालले १० वर्षको बीचमा एकदिवसीय मान्यता हासिल गरेको हो।
नेपाली क्रिकेटको २० वर्षको समयरेखा :
– सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा एसोसिएट टिमको मान्यता तथा औपचारिक क्रिकेट खेल्न सुरु
– सन् २००८ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–५ तेस्रो स्थानमा सीमित
– सन् २०१० मा डिभिजन–५ च्याम्पियन
– सन् २०१० मा डिभिजन–४ मा तेस्रो स्थान
– सन् २०१२ मा डिभिजन–४ च्याम्पियन
– सन् २०१३ मा डिभिजन–३ च्याम्पियन
– सन् २०१३ मा एकदिवसीय विश्वकप छनोटमा स्थान
– सन् २०१५ मा डिभिजन–२ मा चौथो हुँदै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्थान
– सन् २०१८ मा डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप छनोटमा स्थान
– सन् २०१८ मा विश्वकप छनोटमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता हासिल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।