काठमाडौ– नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको संयुक्त आयोजनामा भरतपुरमा राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ को आयोजना हुने भएको छ।
आगामी चैत २३ देखि २७ गतेसम्म चल्ने प्रदर्शनीमा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, हस्तकला, मूर्तिकलालगायतका उत्पादन रहने २ सय ५० स्टल राखिने छन्। कृषिजन्य, पर्यटनलगायत सेवा उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा स्वदेशी कम्पनीका स्टल नरहने परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए।
प्रदर्शनीमा औद्योगिक यन्त्र तथा उपकरण, विद्युतीय सामान, माटाका भाँडा तथा धातुका सामान, निर्माण सामग्री, माहुरी, माछा तथा पोल्ट्रीजन्य वस्तु पनि राखिने उनले बताए।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले प्रदेश ३ लाई औद्योगिक हवका रुपमा विकास गर्न यो प्रदर्शनी गर्न लागिएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।