मोरङ- बलात्कार गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए।
उर्लाबारी–४ स्थित किसान चोक नजिकै सोल्टी खोलामा १५ वर्षीया एक किशोरीलाई उनीहरुले बुधबार साँझ सामूहिक बलात्कार गरेका थिए। अर्की एक सोही उमेरकी किशोरी ती युवाबाट उम्केर प्रहरीलाई खबर गरेकी थिइन्।
पक्राउ परेका सबैलाई जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक थापाले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।