नयाँ दिल्ली (एजेन्सी)– गायक उदित नारायण झाका छोरा आदित्य नारायणको कार गत मंगलबार दुर्घटनामा परेपछि उनले अटो रिक्सावालासँग माफी मागेका छन्।
आदित्यको मर्सिडिज बेन्ज कारले अटो रिक्सालाई ठक्कर दिएको थियो। दुर्घटनामा दुई जना घाइते भएका थिए।
‘मलाई अटो सुस्त गतिमा आउन भन्ने लागेको थियो। तर अटोले स्पिड घटाएन र दायाँ मोडियो’ आदित्यले भने, ‘मैले अटो बचाउन गाडी बायाँ मोडे। बायाँ मोड्दा मेरो गाडीले अर्को अटोसँग ठोक्किन गयो।'
उनले दुर्घटनापछि मद्दत गर्न वरपरका कोही नआएको र अर्को अटो चालकले दुई जना घाइतेलाई अस्पताल लगेको बताए।
परिवारसहित अस्पताल पुगेका आदित्यले घाइतेहरुको सबै उपचार खर्च बेहोर्ने बताएका छन्।
‘दुर्घटनापछि मैले ड्राइभर खोजेर गाडी पुलिस स्टेशन पठाए’ आदित्यले भने, ‘म उपचारका लागि पैसा लिन घर गएँ।’
आदित्यका वकिलले उनले एक जिम्मेवार नागरिकले गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताएका छन्। आदित्यले दुर्घटनावापत १० हजार भारु जरिवाना तिरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।