नयाँ दिल्ली (एजेन्सी)– भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहमा आधारित फिल्म बन्ने भएको छ।
‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ नाम राखिएको फिल्मको सुटिङ चैत १७ गतेबाट सुरु हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्। मनमोहनको भूमिकामा अनुपम खेर देखिने भएका छन्। फिल्ममा अभिनेता अक्षय खन्नाले पनि अभिनय गर्नेछन्।
हंसल मेहताले लेखेको पुस्तकमा आधारित भएर फिल्म निर्माण गरिँदै छ, जुन पुस्तक विवादित बनेको थियो।
सन् २००४ देखि २००८ सम्म तत्कालीन प्रधानमन्त्री सिंहका मिडिया सल्लाहकार रहेका सञ्जय बोहराले फिल्म निर्माण गर्ने भएका छन्। उनले फिल्ममा प्रधानमन्त्री सिंहका महत्वपूर्ण कुरा खुलासा गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।