काठमाडौं- उपसभामुख पदका लागि नेकपा एमालेकी डा शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरेकी छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेर उनले उम्मेदवारी दिएकी हुन्।
मोरङकी तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन्। वाम गठबन्धनको सहमति अनुसार सभामुख माओवादी केन्द्रले लिएपछि उपसभामुख पद एमालेको भागमा परेको छ।
उपसभामुख पदमा नेपाली कांग्रेसकी पुष्पा भुसाललले पनि उम्मेदवार दिएकी छन्।
अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन्। २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन्।
उपसभामुखको उम्मेदवारी दर्ताका लागि बिहीबार दिउँसो २ बजेसम्मको समय तोकिएको छ। उपभासमुख चयनको निर्वाचन शुक्रबार हुने यसअघि नै संसदले कार्यसूची तय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।