काठमाडौं- गत मंसिर २१ गते भएको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट काभ्रे क्षेत्र नम्बर १ (ख) को उम्मेदवार बनेका गणेश लामा पक्राउ परेका छन्।
गौशालामा रहेको होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई बुधबार पक्राउ गरेको गौशाला प्रहरी वृत्तले जनाएको छ।
उनको साथबाट पेस्तोल र ६ राउन्ड गोली बरामद भएको जनाइएको छ।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।