सुरुङ्गा (झापा)- पूर्वी नेपालका ट्याङ्कर व्यवसायी र मजदुर आन्दोलित बनेका छन्।
नेपाल आयल निगमले सहमति अनुसार काम नगरेको भन्दै उनीहरु आजदेखि पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।
ट्यांकर मजदुरहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अन्तर्गतको ट्यांकर इकाइ कार्यालय चारआलीले नेपाल आयल निगम अन्तर्गतका पम्पहरूमा सबै ढुवानी बन्द गरेको जनाएको छ।
गत वर्षको माघ ५ गते भएको सहमति अनुसार १५ बुँदे माग कार्यान्वयन नभएको र निगमले मनोमानी गरेको भन्दै ढुवानी सेवा बन्द गरेको ट्यांकर इकाइ कार्यालय चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले बताए।
आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ मा ट्यांक ट्रकमा लगिंग सिस्टम लागू गरिनुपर्ने व्यवस्था उल्लेख छ। तर, ढुवानी व्यवसायीले लगिंग सिस्टम लागू गरेपछि आयतन घटीबढीको सम्पूर्ण जिम्मा आयल निगमले लिनुपर्ने माग गरेका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।