काठमाडौं- न्यायपरिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीको साउन २१ पछिको पदावधि अवैध भएको ठहर गरेको छ। न्याय परिषद ऐन २०७३ को दफा ३१ अनुसार न्यायपरिषदले प्रधानन्यायाधीश पराजुलीलाई पदमा नरहेको जानकारी गराएको हो। न्याय परिषदले परीक्षा नियन्त्रण कार्यालयबाट आजै आएको पत्र अनुसार पराजुलीको उमेरहदका कारण उनले साउन २१ मै अवकास पाइसकेको जनाउँदै पदमा नरहेको पत्र पठाएको छ।
न्यायपरिषदका सचिव नृपध्वज निरौलाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, 'परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै मिति २०७४/११/३० को च.नं. ४२४/७४/७५ को प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा ७ मबोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४/०४/२१ मा पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४/११/३० को सचिवस्तरीय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।