एजेन्सी– बलिउड अभिनेता नरेन्द्र झाको ५५ वर्षको उमेरमा निधन भएको छ।
आफ्नै फार्ममा हृदयघातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
यसअघि पनि २ पटकसम्म उनमा मुटुको समस्या देखापेरको थियो। तेस्रो पटकको हृदयघातको भने उनले सामना गर्न सकेनन्।
बलिउड फिल्म हमारी अधुरी कहानी, रइस, काबिल, कालाकण्डी, घायल वन्स अगेन, हैदर, फोर्स २ लगायतक थुपै फिल्ममा अभिनय गरिसकेका नरेन्द्रले उतिकै टेलिभिजन शो समेत सञ्चालन गरेका थिए।
उनी सलमान खान अभिनित फिल्म रेस ३ तथा प्रभास अभिनित साहोको स्क्रिनमा समेत देखिँदै थिए। अभिनेत्री श्रीदेवीको निधनले स्तब्ध बनेको बलिउड फिल्म इन्ड्रस्टीमा नरेन्द्रको निधनले अर्को चोट थपेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।