काठमाडौं- प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा बृहत् चियापान समारोह आयोजना गरेका छन्। राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएका प्रदेश र संघीय संसद्का सांसदहरुलाई चियापान गराएका हुन्।
राष्ट्रपतिमा विद्यादेवी भण्डारी विजयी भएको खुसीयालीमा आयोजित चियापान कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपाका शीर्ष नेताहरुको सहभागिता छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, मधेसवादी नेताहरु राजेन्द्र महतो, हृदयेश त्रिपाठी लगायत चियापानमा सरिक छन्।
राष्ट्रपति निर्वाचनमा प्रदेश र संघीय सांसद् मतदाता रहेकाले हिजोको निर्वाचनमा सहभागी हुन उनीहरु काठमाडौं आएका थिए। राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रो पटक पुन: निर्वाचित भएकी छन्। उनले आज दिउँसो सपथ लिँदैछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।