सुर्खेत- पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकम नजिकै भेरी नदीमा डुबेर एक जना मजदुरको मृत्यु भएको छ। सडकको काम गरेर दिउँसो १२ बजे भेरी नदीमा नुहाउन जाँदा मंगलबार उनको मृत्यु भएको हो।
मृत्यु हुनेमा सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नं ४ विद्यापुरका २० वर्षीय खगेन्द्र बयक रहेको इलाका प्रहरी कार्यालय बादेपिपल राकमले जनाएको छ। उनलाई थप उपचारका लागि मेहेलकुना अस्पतालमा लगिएको थियो। मृतक वयक पूर्वी सुर्खेतको राकम सडकमा मजदुरी गर्न आएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।