काठमाडौं- नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४ बजे पद तथा गोपनीयताको सपथ लिने भएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार प्रधानन्यायाधीश गोपाल पराजुलीले भण्डारीलाई दोस्रो कार्यकालका लागि सपथ गराउनेछन्। तर, विवादास्पद बनेका पराजुलीबाट सपथ ग्रहण गर्न राष्ट्रपति भण्डारीलाई नैतिक संकट देखापरेको छ।
राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारी ३९ हजार २ सय ७५ मतभारसहित विजयी भएकी हुन्। प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेस नेतृ तथा पूर्वसांसद कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार पाएकी थिइन्।
राष्ट्रपति चयनको मतदान प्रक्रियामा संघीय संसदका ५ जना र प्रदेशसभाका १३ जना सांसद अनुपस्थित थिए। राष्ट्रपति निर्वाचनमा प्रदेशसभाका ५ सय ४९ र संघीय संसदका ३ सय ३१ सांसदको मतदाता सूचीमा नाम थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।