लागुऔषधसहित दुई जना पक्राउ

Nepal Live

इनरुवा- धरान उपमहानगरपालिका– ८ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय कुलदीप शाह र ३४ वर्षीय सुशीला थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

भारतीय बजारबाट अवैधरुपमा लागुऔषध लिएर धरानतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई धरान उपमहानगरपालिका– ८ हरियाली चोकबाट लागुऔषधसहित पक्राउ गरेको हो। 

उनीहरुको साथबाट स्पासमो प्रोक्सिभन ४६८ क्याप्सुल र नगद रु ५७ हजार बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार