काठमाडौं- सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजधानीमा दीप प्रज्वलन गरिएको छ।
मृतकहरुको आत्मशान्तिको कामना गर्दै विद्यार्थीले माइतीघर मण्डलामा मंगलबार साँझ दीप प्रज्वलन गरेका हुन्।
युएस-बाङ्ला एयरलाइन्सको विमान अवतरणका क्रममा सोमबार दुर्घटना हुँदा ५१ यात्रुको मृत्यु भएको थियो। बंगलादेशको राजधानी ढाकाबाट उडेको विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए। घाइते २१ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
याे पनि - यो पनि - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन् ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।