बुटवल– २०औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा नेपाल आर्मीले हार बेहोरेको छ।
मंगलबार भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई मनाङ मस्र्याङ्दी क्लबले ३ – ० ले पराजित गरेको हो।
बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आर्मीलाई हराउन मनाङका विशाल राईले २ गोल र विदेशी खेलाडी भिक्टरले १ गोल गरे।
खेलमा २ गोल गर्ने मनाङका विशाल राई म्यान अफ दि म्याच घोषित भएका छन्।
मनाङले सेमिफाइलनमा चैत १ गते थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही–११ र पुलिस क्लब भिड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।