काठमाडौं- नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार ४ बजे पद तथा गोपनीयताको सपथ लिने भएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार प्रधानन्यायाधीश गोपाल पराजुलीले भण्डारीलाई दोस्रो कार्यकालका लागि सपथ गराउने छन्।
राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारी ३९ हजार २ सय ७५ मतभारसहित विजयी भएकी हुन्। प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेस नेतृ तथा पूर्वसांसद कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार पाएकी थिइन्।
राष्ट्रपति चयनको मतदान प्रक्रियामा संघीय संसदका ५ जना र प्रदेशसभाका १३ जना सांसद अनुपस्थित थिए। राष्ट्रपति निर्वाचनमा प्रदेशसभाका ५ सय ४९ र संघीय संसदका ३ सय ३१ सांसदको मतदाता सूचीमा नाम थियो।
याे पनि हेर्नुहाेस् - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन्?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।