नयाँ दिल्ली – दक्षिण भारतीय राज्य तामिल नाडूको एक जङ्गलमा भएको आगलागीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १० पुगेको छ।
केही दिनयतादेखि जारी रहेको सो डढेलोमा परी ज्यान जानेको संख्या १० पुगेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।
उक्त जंगलमा आइतबारबाट आगलागी सुरु भएको हो । आगलगी सुरु भएको सो समयमा एक विश्वविद्यालयका ४० जना विद्यार्थी पनि सोही जंगलमा पदयात्रामा गएका थिए।
उनीहरुलाई भने उद्वार गरिएको छ । सो जंगलको डढेलो निभाउन ठूलो प्रयास भइरहेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।