डडेल्धुरामा बलात्कार आरोपी २ जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

Nepal Live

डडेल्धुरा– डडेल्धुराको छुट्टाछुट्टै स्थानमा एक वृद्धा र एक किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।  

मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी ६२ वर्षीया (एकल वृद्धा) र १८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

फागुन २६ गते राति गन्यापधुरा–२ का ३२ वर्षीय केशव लुहारले सोही ठाउँकी ६२ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। लुहारले मदिरा सेवन गरी धम्काएर बृद्धालाई उनकै घरमा बलात्कार गरेको प्रहरी नायव उपरीक्षक जोशीले जनाए।

याे पनि - विमान दुर्घटनामा बाँचेका केशव पाण्डे के भन्छन् ?

यस्तै, फागुन २६ मै बलात्कारको आरोपमा पक्राउ परेका बैतडीको पुरचौंडी नगरपालिका–२ घर भई हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बस्ने २५ वर्षीय नरेन्द्रबहादुर कँुवरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

कुँवरले कञ्चनपुरको दैजीबाट बझाङको गाडीमा चढाइदिन्छु भनी ना७ख १५९० नम्बरको गाडीमा १८ वर्षीया किशोरीलाई डडेल्धुराको जोगबुढा पु¥याई एक होटलमा राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ। 
 

ललित बोहरा

बोहरा नेपाल लाइभका डडेल्धुरा संवाददाता हुन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार