काठमाडौं- राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसदमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा ४ बजेदेखि मतगणना सुरु गरिएको हो।
दिउँसो ३ बजेसम्म भएको मतदानमा राष्ट्रपति चयनका लागि संघीय संसदका ३ सय २६ र प्रदेशसभाका ५ सय ३६ गरी ८ सय ६२ जनाले मतदान गरेका छन्। मतदानमा प्रतिनिधिसभामा ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित थिए।
राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई उम्मेदवार छन्।
भण्डारीलाई नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलको समर्थन छ भने राईलाई कांग्रेसको समर्थन छ। नयाँ शक्ति पार्टी, विवेकशील साझा पार्टी र नेपाल मजदुर किसान पार्टीले निर्वाचन बहिस्कार गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।