काठमाडौं– फिल्म ‘भीमसेन’को निर्माण घोषणा भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजनाका साथ फिल्मको निर्माण घोषणा गरिएको हो।
लभ र एक्सनका साथै कमेडी जनरामा बन्न लागेको यस फिल्मलाई भोमन कटुवालले निर्देशन गर्न लागेका हुन्। फिल्ममा संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा (सरापे), राजु कमेडी (रेम्बो) लगायत कलाकारहरुको अभिनय रहनेछ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वितरक गोपालकाजी कायस्थ, फिल्म निर्माण युनिट, कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थितिमा फिल्मको शुभ मुहूर्त समेत गरियो।
काठमाडौंका साथै विभिन्न स्थानमा छायांकन गरिने फिल्मका लागि सबै कलाकारको टुंगो नलागिसकेकाले चाँडै कलाकार छनोट गरिने फिल्मका निर्देशक भोमनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।