ad

बिहीबार नेपाल र पिएनजी भिड्दै, पछिल्ला खेलको नतिजा यस्तो छ

SHARES
Nepal Live

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच बिहीबार प्रतिस्पर्धा हुँदैछ। 

नेपाल र पिएनजीबीच सन् २०१५ पछि पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। 

सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पिएनजी विरुद्धका दुवै खेलमा नेपाल पराजित भएको थियो।

अबुधावीमा भएको पहिलो खेलमा नेपाललाई पिएनजीले २ विकेटले हराएको थियो। पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रन जोड्यो। नेपालका लागि सुवास खकुरेलले ६३ रन र शरद भेषावकरले ७८ रन जोडेका थिए। पिएनजीले ३ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा लक्ष्य  पार गरेको थियो।

दोस्रो खेलमा पिएनजी ३ विकेटले विजयी भयो। पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २ सय २४ रन जोड्यो। नेपालका लागि पारस खड्काले ४८ रन जोड्दा सागर पुनले ४७ रन र शरद भेषावकरले ४२ रन जोडेका थिए। पिएनजीले २ बल बाँकी छदा ७ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। सोमपाल कामीले ३ तथा बसन्त रेग्मीले २ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन।

सुपर ६ मा पुग्न असफल नेपालका लागि एकदिवसीय मान्यता पाउन पिएनजी विरुद्धको खेल महत्वपूर्ण छ। पिएनजीलाई पराजित गरे मात्र नेपालले एकदिवसीय मान्यता पाउन सक्छ। अर्को प्ले अफमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरे नेपालले अन्तिम प्ले अफ अगाडि नै एकदिवसीय मान्यता पाउनेछ। 

हङकङ विजयी भएमा नेपालले एकदिवसीय मान्यता पाउन अन्तिम प्ले अफमा हङकङसँग भिड्नुपर्नेछ। जित हात पार्ने टिमले एकदिवसीय मान्यता पाउनेछ। पिएनजीसँग हार बेहोरे नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना समाप्त हुनेछ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार