काठमाडौं– सन् २००३ बाट अभिनय यात्रामा प्रवेश गरेकी अभिनेत्री तथा मोडेल अशिष्मा नकर्मी सोमबारबाट वैवाहिक बन्धनमा बाँधिएकी छिन्। नायीका नकर्मीले काठमाडौं बानेस्वर निवासी नविनचन्द्र प्रधानसँग लगनगाँठो कसेकी हुन्।
सोमबार कालिमाटीस्थित एक पार्टी प्यालेसमा विवाह सम्पन्न गरेकी अशिष्माका पति केही वर्षदेखि अमेरिका बस्दै आएका थिए। उनी पेशाले चार्टड अकाउन्टेन्ट हुन्।
फिल्म अर्धकट्टी, राघव, तोरीलाउरे, लभ यु बाबा, अन्तराल, बाटो मुनीको फुल २, संरक्षण लगायतका फिल्ममा काम गरीसकेकी अशिष्माले फिल्मसँगै थुप्रै नेपाली तथा नेवारी म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। अशिष्माको पूर्णरुपमा मागी विवाह भएको स्रोतले जनाएको छ।
अशिष्माका पति नविन आफ्नै भाईका साथी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।