काठमाडौं– निर्देशक विशारद बस्नेतको फिल्म ‘मिस्टर भर्जिन’को रिलिज मिति तय भएको छ। तीन युवाहरुको यौन मनोविज्ञानमा आधारित फिल्म ०७५ भाद्र १ बाट अल नेपाल रिलिज हुने भएको फिल्मका निर्देशक विसारद बस्नेतले जानकारी दिए।
भर्जिन युवाहरुको यौन मनोविज्ञानको कथालाई महेश दवाडीले लेखेका हुन्। प्रदर्शन मिति सार्वजनिक हुनुअगावै सार्वजनिक भएको फिल्मको गीत ‘टुल्की’ले दर्शकको उल्लेख्य साथ पाईरहेको छ।
फिल्ममा गौरव पहारी, कमलमणी नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, विजय बराल, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ।
वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रालिले फिल्मको निर्माण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।